अब युट्युबमा हेर्न पाइनेछैनन् यी भिडियो, क्लिक गर्दा यस्तो हुनेछ

१२ श्रावण २०७४

banner

एजेन्सी। भिडियो शेयरिङ साइटले आफ्नो नियम परिवर्तन गरेको छ । यसअघि हेर्न पाइने भिडियो पनि अब हेर्न पाइने छैन । अब युट्युबमा प्रतिबन्ध लगाइएका भिडियो सर्च गरिएमा अर्कै भिडियोमा रिडाइरेक्ट गरिनेछ । 

युट्युबले अहिले हिंस्रक भिडियोमा प्रतिबन्ध लगाएको हो । अब यदि कसैले आइएसआइएसका भिडियो सर्च गरेमा आतंकवादबाट पीडित व्यक्तिहरुको भिडियो आउनेछन् । कम्पनीले आधिकारिक बयानमा भनेको छ ‘ठूलो संख्यामा मानिसहरुले आइएसआइएसको भिडियो सर्च गर्न थालेका छन् । उनीहरुको दिमाग डाइभर्ट गर्नको लागि यस्तो नीति ल्याइएको हो ।’ 

कम्पनीका अनुसार यदि कसैले आइएसआइएसमा भर्ती हुने तरिकाको बारेमा खोज्यो भने कम्पनीको नीतिअनुसार त्यसको खण्डन गर्ने भिडियोहरु देखाइनेछन् । पछिल्लो समय युट्युबमा आइएसआइएससँग सम्बन्धित भिडियो सर्च गर्ने र आतंकवादतर्फ आकर्षित हुने बढेको युट्युबले जनाएको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »