भदौ १६ देखि तेस्रो सराङकोट महोत्सव हुने

१६ श्रावण २०७४

banner

पोखरा । पर्यटनका लागि सुन्दर नगरी पोखरा पुगेका संसार भरका नागरिकहरु सराङकोट नपुगी फर्कीए भने उनीहरु अधुरै रहन्छन् । पोखरा र वरिपरिको हिमाली दृश्यलाई सुन्दर सेतुले जोड्ने बिम्व हो सराङ्गकोट ।

बाहिरबाट सबैले चिनेको सराङ्गकोटको भित्री अन्तर्य संसारभरी फैलाउन फेरी एक पटक सराङ्गकोट महोत्सव हुँदैछ । सराङ्गकोट संसार भरका पर्यटन पारखीलाई फेरी निम्तो गर्दैछ । 


तेस्रो सराङ्गकोट पर्यटन महोत्सव आगामी भदौ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ । सराङ्गकोट टोल विकास संस्थाको मूख्य आयोजना तथा सराङ्गकोट समाज सेवा युवा क्लब, स्मृति युवा क्लब र सराङ्गकोट पर्यटन विकास समितिको सह आयोजनामा महोत्सव तयारी सुरु गरिएको छ । 
महोत्सवका आर्कषण 
–    रत्यौलीगितप्रतियोगिता
–    साँस्कृतिक भेषभूषातथाबाजागाजाप्रर्दशनीतथाप्रतियोगिता
–    पर्यटक दौड प्रतियोगिता
–    विविध साँस्कृतिक÷साँगितिककार्यक्रमहरु
–    मौलिकझाँकीप्रर्दशन
–    बालउद्यान
–    दुना टपरी गाँस्ने प्रतियोगिता
–    प्यारा ग्लाईडिङ
–    जिप फ्लायर
मौलिककलातथा संस्कृति र सराङ्गकोटको पहिचानलाई संसारभर फैलाउनु महोत्सवको उद्येश्य रहेको आयोजकले जानकारी दिएका छन । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »