तेस्रो सराङकोट महोत्सव हुँदै

१६ श्रावण २०७४

banner

पोखरा । पर्यटनका लागि सुन्दर नगरी पोखरामा तेस्रो सराङकोट महोत्सव हुने भएको छ । महोत्सव सराङ्गकोट टोल विकास संस्थाको मूख्य आयोजनातथा सराङ्गकोट समाज सेवायुवाक्लब,स्मृतियुवाक्लब र सराङ्गकोट पर्यटन विकास समितिको सह आयोजनामा हुन लागेको हो ।

आउँदो भदौ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने महोत्सवले सराङकोटको भित्री सौन्दर्य संसारभर फैलाउने उद्देश्य रहेको आयोजकले बताएको छ । 


पोखरा र वरिपरिको हिमाली दृश्यलाई सुन्दर सेतुलेजोड्ने बिम्वको रुपमा रहेको सराङ्गकोटमा सधैँजसो पर्यटकहरुको उपस्थित हुने गर्दछ ।

महोत्सवमा प्यारा ग्लाइडिङ, जिप फ्लायर, विभिन्न सांस्कृतिक प्रदर्शनी, पर्यटक दौड प्रतियोगिता लगायत विविध सांस्कृतिक तथा सांगीतिक कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »