यस्तो थियो संसारको पहिलो फोन, ८ फोटोमा हेर्नुहोस् यसरी आयो स्मार्टफोन (फोटोफिचर)

१७ श्रावण २०७४

banner

एजेन्सी। आजको समयमा लगभग ७० प्रतिशत मानिसको हातमा स्मार्टफोन छ । संसारभरी स्मार्टफोन प्रयोगकर्ताको संस्या तीब्र गतिमा बढिरहेको छ । एक रिपोर्टका अनुसार अहिले नेपालको कूल जनसंख्याभन्दा बढी फोनको संख्या भइसकेको छ । तर अहिले स्मार्टफोन प्रयोग गर्ने धेरैलाई संसारको पहिलो फोनको बारेमा थाहा छैन ।


फोनको आविष्कार अलेक्जेंडर ग्राहाम बेलले गरेका हुन् । उनको पहिलो फोन कस्तो थियो भन्ने विषयमा भने धेरैलाई जानकारी छैन । ग्राहाम बेलले बनाएको फोनले तारको माध्यमबाट काम गथ्र्यो । उनले पहिलो पटक आफूले आविष्कार गरेको फोनबाट आफ्ना असिस्टेन्ट मिस्टर वाटसनसँग कुरा गरेका थिए । उनले पहिलोपटक फोनमा भनेका थिए ‘मिस्टर वाटसन कम हियर आइ वान्ट टु सि यु ।’ यी शब्दबाट सुरु भएको फोनको यात्रा अहिले स्मार्टफोनसम्म आइपुगेको छ । भोलि २ अगष्ट अलेक्जेंडर ग्राहाम बेलको जन्मदिन हो । यही अवसरमा आउनुहोस् फोटोमा हेरौं अहिलेसम्मको फोनको विकासक्रम ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »