कविता - 'कलियुगका मुनामदन'

१९ श्रावण २०७४

banner

मदन -कलियुग हाम्रो झल्मल राम्रो 
धेरै चिज हेरियो   
मोहर नभै जम्दैन माया 
जमाना फेरियो 

मुना -मोहरै खानुस, मोहरै ओढ्नुस्, मोहरै ओछ्याउनुस
स्वदेश छाड्नुस्, मुग्लानै भाग्नुस्, मलाई न पच्छ्याउनुस् 


मदन-पातलो टिभी, आइफोन र ल्यापटप, नगदनि पठाउँला 
चार वर्षपछि  च्यानकुटु पारी घरबार बसाउँला  
 

मुना-हे दैव कस्तो दिएछौ दृष्टी 
सदबुद्दी मिलोस है
आइफोन र नगद भएसि पुग्ने अरु कोइ मिलोस है


मदन-माफी पाउँ मैले, अन्यथा त्यस्तो छैन है सोचेको 
कमलकी फूल तिमीलाई मैले लाखौंमा रोजेको 


मुना-युवक हुँ भन्छौ पढ्या छु भन्छौ स्वदेशमा केहि खोज्दैनौ 
एउटा हात परदेश, अर्को स्वदेश गरे बज्दैन थपडी 

मदन- गोर्खाली ठिटो मुग्लानै धायो, रहरले धाएन  
मानिस पूज्य डलरले भयो, डिग्रीले भएन 

मुना-के थाहाँ पावस नाभिको बिना कस्तुरी मृगले 
के देखोस अन्धो स्वदेशको स्वर्ग डलरको तृष्णाले

मदन-नसोच मलाई ढुङ्गे मन त्यस्तो, साहुको ऋण पिडा भो ।
टेक्नलाई समाउन डालो नि भेट्न सार्है पो गार्हो भो 

मुना-यहि माटो माथि बुध्दि र वर्कत फिर्ने दिन नि आउला कि? 
यो मुटुसँग त्यो मुटु जोडी रम्ने दिन नि आउला कि? 

बाबुराम खरेल (हाल अमेरीका )

Leave a reply

HTML Tags are not supported

Post My Comment »