कविता - 'देश फर्किनुछ'

२० श्रावण २०७४

banner

ठुल्दाइ यो बर्ष त 
देश फर्किनुछ 
आफ्नै जन्म भुमिको 
माटोमा छ , सपना
यही कल्पिएको हजार 
कल्पनामा लेकको 
पाखाभरी छरिएको 
पारिलो घाँम संग 
सेकाउनुछ ओसिएका 
मनहरु ,
फुलाउनुछ पखेराहरुमा 
रातो गुरास जस्तै 
केहि रहर 
हो ठुल्दाइ देश फर्किनुछ ।

चौतारिको बर ,पिपलले 
सोधिरहेको हुनु पर्छ 
बटुवाहरु लाई 
साथी संगी अनि गोठालो 
खेतलाहरु लाई
बेशिखेत पिडामा होला 
बाझो नचिरिएको 
कॉची माटो बन्नु पर्दा 
अब फुटाउनुछ माटोको 
भकानो ,बनाउनुछ कुलो
रोप्नुछ बेशिखेत 
लगाउनुछ आत्मियताको पर्म्
हो ठुल्दाइ 
यो बर्ष त देश फर्किनुछ ।

- गौतम सागर राइ 
कोलोराडो बोल्डर ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »