डोटीमा जिप दुर्घटना : चालक सहित ९ जनाको मृत्यु, ७ घाइते

२१ श्रावण २०७४

banner

समाचार प्रतिनिधि तस्वीर

डोटी । डोटीको दिपायलबाट बोगटानका लागि छुटेको जिप दुर्घटना हुँदा चालक सहित ९ जनाको ज्यान गएको छ। 

शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जिप शुक्रबार राति साढे १० बजे बोगटान गाउँपालिका–६ गगुडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

दुर्घटनामा अन्य तीनजना गम्भीर घाइते भएका छन् भने चारजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।

जिप कच्ची सडकबाट झण्डै साढे चार सय मिटर तल खसेको थियो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »