डोटी जिप दुर्घटनामा ९ जनाको मृत्यु : घाइतेलाई अझै अस्पताल पुर्याउन सकिएन् (अपडेट)

२१ श्रावण २०७४

banner

समाचार प्रतिनिधि तस्वीर

डोटी । डोटीको दिपायलबाट बोगटानका लागि छुटेको जिप दुर्घटना हुँदा चालक सहित ९ जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य सात जना घाइते भएका छन्।  

शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जिप शुक्रबार राति साढे ११ बजे  बोगटान गाउँपालिका-६ गगुडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

दुर्घटनामा अन्य ४ जनाको अवस्था गम्भिर रहेको छ भने तीन जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक डिएसपी शिवबहादुर सिंहले डिसी नेपाललाई जानकारी दिए।

घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याउन समस्या भएको डिएसपी सिंहले जानकारी दिए। उनले भने हामीले घटनास्थलबाट घाइतेको उद्धार गरी गाडीमा राखेका छौँ तर ठाउँ ठाउँमा गएको पहिरोका कारण अझै घाइतेलाई अस्पताल पुरउन सकेका छैन्। उनले घाइतेलाई अस्पताल पुर्याउन अझै २/३ घण्टा लाग्ने बताए।  

त्यहाँ नजिक अस्पताल नभएका कारण त्यहाँबाट घाइतेलाई दीपायल पुर्याउनु पर्ने बाध्यता रहेको छ। 

जिप कच्ची सडकबाट चिप्लीएर झण्डै साढे चार सय मिटर तल खसेको थियो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »