डोटी जिप दुर्घटना : ज्यान गुमाउने सबैको सनाखत (नामावलीसहित)

२१ श्रावण २०७४

banner

समाचार प्रतिनिधि तस्वीर

काठमाडौँ । डोटीको दिपायलबाट बोगटानका लागि छुटेको जिप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकै सनाखत भएको छ। 

दुर्घटनामा ज्यान गुमाउनेमा चालक डोटीको शिखर नगरपालिकाका एकका कृष्ण नेगी, बोगटान गाउँपालिका-१ सिमचौरका ३५ वर्षका विष्णुबहादुर मगर, ५० वर्षका बुढो घर्ती मगर, ४५ वर्षका गोरखबहादुर थापा मगर रहेका छन्। 

त्यस्तै सिमचौरकै ४५ वर्षकी ललितादेवी पुन मगर तथा ४८ वर्षका शशिराम पुन मगर, ४० वर्षका टेकबहादुर पुन मगर, ३० वर्षका चन्द्रबहादुर घर्ती मगर र ५५ वर्षका भीमबहादुर घर्ती मगरको पनि ज्यान गएको छ। मृतक सबैको घटनास्थलमै ज्यान गएको डोटीका प्रहरी नायब उपरीक्षक डिएसपी शिवबहादुर सिंहले डिसी नेपाललाई जानकारी दिए।

शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जिप शुक्रबार राति साढे ११ बजे बोगटान गाउँपालिका-६ गगुडामा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

उनका अनुसार दुर्घटनामा अन्य ४ जनाको अवस्था गम्भिर रहेको छ भने तीन जना सामान्य घाइते भएका छन्।

घाइते सातै जनाको उद्धार गरी उपचारका लागि दीपायल पठाइएको उनले जानकरी दिए।  

जिप कच्ची सडकबाट चिप्लीएर झण्डै साढे चार सय मिटर तल खसेको थियो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »