ट्रकको ठक्करबाट कैलालीमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२१ श्रावण २०७४

banner

समाचार प्रतिनिधि तस्वीर

कैलाली । ट्रकको ठक्करबाट कैलालीमा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ।

शुक्रबार बेलुका कैलालीको बदगोरिया गाउँपालिका-४ निम्बोजी भन्ने स्थानमा ना ६ प १३७ नम्बरको ट्रकले से ४ प ३७५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक कैलाली जोशीपुर गाँउपालिका–२ का ४५ वर्षका भगत चौधरी र उनकी पत्नी ४० वर्षकी चन्द्रवतीको ज्यान गएको प्रहरीले जनाएको छ।

दुबै जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »