डा गोविन्द केसीको समर्थन गर्दै सुशीला कार्की सडकमा उत्रिन्

२१ श्रावण २०७४

banner

काठमाडौँ। शिक्षण अस्पताल महाराजगन्जमा १३ दिनदेखि अनशनमा बसेका डा केसीको समर्थनमा आज पनि जुलुस प्रदर्शन गरिएको छ।

आजको जुलुस प्रर्दशनमा डा. केसीलाई समर्थन गर्दै पूर्वप्रधानन्याधीश सुशीला कार्की पनि सडकमा उत्रिएकी छिन्।

राजधानीको माइतीघरबाट निकालिएको जुलुस नयाँ बानेश्वरमा आई कोण सभामा परिणत भएको थियो।

प्रा डा केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डीन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै साउन ९ गतेदेखि ११औँ पटक आमरण अनशन सुरु गरेका छन्। डा. केसीलाई शुक्रबार तीन दलका शीर्ष नेताहरुले अनसन तोड्न आग्रह गरेका थिए ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »