निर्णायक वडा २० मा रेणु र देवी दुबैलाई टेन्सन, मतअन्तर घटेर १५३

२१ श्रावण २०७४

banner

भरतपुर। भरतपुर महानगरको वडा नम्बर २० ले रेणु दाहाल र देवी ज्ञवाली दुवैलाई टेन्सन दिएको छ । मत अन्तर निकै कम छ र गन्न बाँकी मत पनि निकै कम छ । यहाँको ८ सय मत गन्दा रेणुले देवी ज्ञवालीसँग मत अन्तर निकै कम बनाएकी छिन् ।  तर गन्न बाँकी मत पनि निकै कम भएकोले यो घट्दो क्रमले पुग्ने हो वा होइन भन्ने तनाव पनि छ ।


अब वडा नम्बर २० मतगणना गर्न बाँकी अन्तिम वडा हो । यहाँ ३३०२ मत खसेको थियो । तीमध्ये ८ सय मत गणना गरिएको हो । गणना गरिएका मतको परिणामअनुसार मेयर पदमा एमालेका देवी ज्ञवालीले ४२ हजार २ सय १ मत ल्याएका छन् । माओवादीकी रेणु दाहालको मत ४२ हजार ४८ छ । 

 

वडा नं. १९ को मतगणना सकिँदासम्म २ सय २१ रहेको मत अन्तर पहिलो चार समय मतगणनाको परिणमा आउँदा घटेर १७० भएको थियो । अहिले ८ सय मत गणनाको परिणाम आउँदा त्यो अन्तर झनै घटेर १ सय ५३ भएको छ । तर, वडा नम्बर २० को परिणाम १९ नम्बर वडाको जस्तो रेणुका लागि उत्साहजनक भने छैन । वडा नम्बर १९ मा निकै तीब्र गतिमा मत अन्तर घटेको भए पनि २० मा भने अन्तर घट्ने क्रम सुस्त छ ।

 

वडा नम्बर १९ मा पाएजस्तो उत्साहजनक मत रेणुले २० नम्बर बाटा पाउने देखिएन। त्यसैले उनीमाथि हारको तनाव कायमै छ। उता देवीका लागि पनि परिस्थिति खतरामुक्त छैन। यहि अन्तरको गिरावटले पनि उनको जित मात्रै दोहोरो अंकको हुन सक्ने वा उही अंकको हार हुन सक्ने संभावना देखिन्छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »