घरायसी विवाद बन्यो श्रीमतीको हत्याको कारण

२१ श्रावण २०७४

banner

पाल्पा। घरायसी विवादले उग्र रुप लिँदा पाल्पामा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । 


पूर्वखोला गाउँपालिका–५ पोखरीछाप बस्ने ३५ वर्षीया सुकमाया परियारको उनकै पतिको कुटपिटबाट शुक्रबार घटनास्थलमै मृत्यु भएको छ ।
    
पति ४० वर्षीय कैलाश परियारले घरायसी विवादको कारण कुटपिट गर्दा सुकमायाको मृत्यु भएको हो ।  खबर प्राप्त भएपछि खटिएको प्रहरीले कैलाशलाई पक्राउ गर्न सफल भएको छ । 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »