मोटरसाइकलबाट लडेर घाइते भएका वृद्धको मृत्यु

२२ श्रावण २०७४

banner

सुनसरी।  सुनसरीमा मोटरसइकलबाट लडेर घाइते भएका एक वृद्धको मृत्यु भएको छ ।

भोक्राहा–३ स्थित सडकमा नम्बर नखुलेको मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने ७० वर्षीय गुलाबचन्द्र मंडल गत साउन १५ गते मोटरसाइकलबाट लडेर घाइते भएका थिए । उनको धरान घोपा लगिएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । 

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »