आज चन्द्रग्रहण, राशीअनुसार जान्नुहोस् तपाइँलाई कस्तो प्रभाव पर्छ ?

२३ श्रावण २०७४

banner

काठमाडौं। आज श्रावण शुक्लपक्षको पूर्णिमा तिथी । आज चन्द्रग्रहण लाग्दैछ । नेपालमा आज राति ११ बजेर ७ मिनेटमा सुरु हुने चन्द्रग्रहण राति एक बजेर चार मिनेटमा सकिने छ । चन्द्रग्रहण राति ११ बजेर ७ मिनेटमा सुरु भए पनि दिउँसो २ बजेदेखि नै कुनै पनि भोजन गर्न नहुने पञ्चांग निर्णायक समितिले जनाएको छ । यो चन्द्रग्रहणको मकर राशी र श्रवण नक्षत्रमा भ्रमण रहनेछ । ग्रहण १ घण्टा ५७ मिनेट रहनेछ । यो ग्रहणमा मंगल, शनि र गुरुको दृष्टि पर्नेछ । शनिका कारण आजको दिन कहीँ बधिक वर्षा र कहीँ कम वर्षा हुने योग छ । कालो रंगका अनाज र कालो रंगका धातुको मूल्य वृद्धिको योग छ । 

कुन राशीमा कस्तो असर ? 
मेषः मेष राशीको लागि यो ग्रहण शुभ छैन । व्यापारमा हानी हुन सक्छ । कार्यक्षेत्रमा बाधा व्यवधान आउन सक्छ । 
बृषः बृष राशीको लागि ग्रहणले मध्यम फल दिनेछ । काम बढी हुनाले मानसिक तनाव हुन सक्छ । 
मिथुनः मिथुन राशीको लागि जीवनको कुनै पक्षमा खुसीको खबर प्राप्त हुन सक्छ । आयमा नयाँ माध्यमहरु खुल्नेछन् । 
कर्कटः यो चन्द्रग्रहणले कर्कट राशीको लागि मध्यम फल दिनेछ । पति पत्नीबीच मनमुटावको योग छ । परिश्रमले सफलता पाइनेछ ।
सिंहः सिंह राशीको लागि चन्द्रग्रहणले शुभ फल दिनेछ । रोकिएका काम पूरा हुनेछ । घरमा मांगलिक काम हुनेछ ।
कन्याः लगानी गर्दा होस पु¥याउनुहोला । बोलीमा नियन्त्रण गर्नुहोला । बिनाकारण विवादबाट बच्नुहोला । 
तुलाः तुला राशीको लागि ग्रहण शुभ रहनेछ । ग्रहणले निकै मंगल खबर दिने योग छ । 
बृश्चिकः बृश्चिक राशीको लागि पनि ग्रहण लाभकारी रहनेछ । सबै क्षेत्रमा सफलता मिल्ने योग छ । 
धनुः धनु राशी हुनेहरुका लागि ग्रहण मध्यम फल दिनेछ। प्रियजनसँग वियोग हुन सक्छ। कुनै नयाँ काम थालनी नगर्नुहोला।
मकरः मकर राशीका लागि ग्रहण पीडादायक बन्न सक्छ। लगानीमा होस पु¥याउनुहोला। यात्रामा सावधानी अपनाउनुहोला। 
कुम्भः खर्चको अधिकता बढिरहनेछ । व्यर्थको काममा खर्चको योग छ ।
मीनः मीन राशीका लागि ग्रहण शुभ छ । नयाँ कामको थालनी हुनेछ । धनलाभ हुनेछ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »