बोलबम र साउने सोमबार (फोटो फिचर)

२३ श्रावण २०७४

banner

काठमाडौँ। हरेक वर्ष साउन महिनामा मनाईने बोलबम यस वर्ष पनि भव्य रुपमा मनाईदैछ। विशेष गरेर साउन महिनाको सोमबार देशभरका शिवालयहरुमा भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ।

आज साउनको चौथो सोमबार पशुपतिनाथ मन्दिरमा विहानैदेखि भक्तजन पूजाआजा गर्न लामबद्ध थिए। भक्तजन सुन्दरीजलस्थित बागमती नदीबाट शुद्ध जल ल्याई पशुपति मन्दिरमा अर्पण गर्ने गर्दछन्।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाए मनोकांक्ष पूरा हुने विश्वास रहिआएको छ। 

तस्बिरः आर्यन धिमाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »