ललितपुरमा यसरी गरियो दुवै हातमा पेस्तोल बोकेका गुण्डानाइकेको ‘इन्काउण्टर’

२३ श्रावण २०७४

banner

काठमाडौं। सोमबार दिउँसो ललितपुरमा प्रहरीमाथि अचानक दुवै हातमा पेस्तोल बोकेका व्यक्तिले गोलीको वर्षा गरे । लागूऔषधको कारोबार गर्ने र सोमबार हतियार बोकेर हिँडेका उनले प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले जवाफी फायर ग¥यो । दोहोरो भिडन्तमा ती व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । 

तललितपुरको कुसुन्तीमा यसरी प्रहरी ‘इन्काउण्टर’मा मारिने व्यक्ति प्रविण खत्री रहेको बताइएको छ । उनीसँग हतियार रहेको थाहा पाएपछि महानगरीय अपराध महाशाखाको डिएसवी अजय केसी नेतृत्वको टोली खत्रीको घरमा अपरेशनका लागि गएको थियो । 

प्रहरी आएको चाल पाएपछि उनी सचेत भए । प्रहरीले घर घेरिसकेको थियो । खत्री कौसीबाट भाग्ने प्रयास गरे । कौसीबाट भाग्न खोज्दा पनि प्रहरीको नजरबाट बच्न नसकेपछि उनले प्रहरीतर्फ नै गोली हाने । उनी दुवै हातमा पेस्तोल बोकेर बाहिर निस्किएको प्रहरीले जनाएको छ । प्रहरीले जवाफी गोली चलाएपछि उनको घटनास्थलमै मृत्यु भएको हो । 

प्रहरीले घर घेराउ गर्दा उनी घरमै थिए । घरमा उनी श्रीमतीसँग बसेको प्रहरीले जनाएको छ । प्रहरी आएको थाहा पाएपछि उनी कौसीमा गए । साढे २ तलाको कौसीबाट हाम्फालेर भाग्न खोजेका उनले प्रहरीलाई नै गोली हानेका थिए । त्यसपछि उनले आफैं आफ्नो टाउकोमा गोली हानेका थिए । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »