दिनहुँ पौडेर कार्यालय, यस्तो छ कारण

२३ श्रावण २०७४

banner

एजेन्सी। यी हुन् जर्मनीका बेन्जामिन डेविड । ४० वर्षमा यी व्यक्ति सधैं अफिस जान नदीमा पौडी खेल्दै जान्छन् । उनले यसरी अफिस जानुको पछाडि अनौठो कारण छ । वास्तवमा उनले भीडमा धक्का खाँदै जानु परेपछि यसरी नदीमा पौडँदै अफिस जाने निर्णय गरेका हुन् । 

उनी भन्छन् ‘जब म बाइक चलाउँथें त्यतिबेला कार वालाहरुलाई गाली गर्थें । म पैदल हिँड्दा बाइकवालाहरुले मलाई हैरान पार्थे । हरेक अवस्थामा समस्या भएपछि मलाई नदीको बारेमा सोचाइ आयो ।’ त्यसपछि बेन्जामिन प्रत्येक दिन २ किलोमिटर नदीमा पौडिँदै अफिस जान्छन् । बैंजामिन सधैं बिहान तयार भएर नदी किनारमा जान्छन् । त्यसपछि सुट, ल्यापटप, मोवाइल फोन, पर्स, जुत्ता आदि वाटरप्रुफ ब्यागमा राख्छन् । त्यसपछि उनी ब्इाग पिठ्युँमा बोकेर पौडिँदै अफिस जान्छन् । 

बेन्जामिनको कार्यालय पनि नदीको नजिकै भएकोले उनलाई सजिलो भएको छ । अहिले त उनका अन्य सहकर्मीले पनि यसैगरी अफिस जान थालेका छन् । यसरी अफिस जाँदा नुहाउनु नपर्ने उनको अनुभव छ । यसबाहेक दैनिक २ किलोमिटर पौडिँदा उनको शरीरको राम्रो ब्यायाम पनि भएको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »