चक्कु प्रहार गरी भाईको हत्या

२३ श्रावण २०७४

banner

 काठमाण्डौँ। चक्कु प्रहारबाट काठमाण्डौँमा एक पुरुषको हत्या भएको छ । सौतेनी दाजुको चक्कु प्रहारबाट गम्भीर घाइते भएका काठमाडौं महानगरपालिका–१८ ताम्सीपाखा डेरा गरी बस्ने नुवाकोट खड्गीभञ्ज्याङ–४ का २७ वर्षीय रवि उपरकोटीको मृत्यु भएको हो ।

चक्कु प्रहारबाट गम्भिर घाइते बनेका उपरकोटीको बीर अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।

डेराकोठामा मदिरा सेवन गरी झगडा भएपछि उनकै सौतेनी दाजु २८ वर्षीय माईला उपरकोटीले उनलाई चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहार गर्ने माईलालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »