सुन्दर बन्ने चाहनामा यसरी बर्बाद भयो जिन्दगी

२५ श्रावण २०७४

banner

एजेन्सी। संसारमा यस्ता महिलाहरु धेरै छन् जो सुन्दर देखिनको लागि कुनै पनि हदसम्म जान सक्छन् । यसो गर्दा कहिलेकाहीँ गलत नतिजा आउने गरेको छ । इङल्याण्डकी क्याथी रिचमण्डको जीवनमा पनि यस्तै भएको छ । क्याथीले आफ्नो बडी फिगरलाई आकर्षक बनाउन चाहेकी थिइन् तर यसको ठिक उल्टो भइदियो । 

३८ वर्षकी क्याथीले आफ्ना वक्षस्थलको साइज बढाउनको लागि २००७ मा सर्जरी गराएकी थिइन् । चार बच्चाकी आमा क्याथीलाई त्यतिबेला थाहा भएन जुन सुन्दरता पाउनको लागि उनले लाखौं खर्च गर्दैछिन् त्यसले उनको जिन्दगी नै बर्बाद पारिदिनेछ । ब्रेस्ट इम्प्लान्टपछि उनको स्वास्थ्य बिग्रिन थाल्यो । उनलाई अनेकौं समस्या हुन थाले जसमा एलर्जीसँगै थकान पनि समावेश थियो । 

उनको तौल एक्कासी बढ्न थाल्यो । २०१४ सम्म क्याथीको हालत निकै खराब भइसकेको थियो । सुरुमा डाक्टरहरुले पनि यो सब के कारणले भएको भन्ने चाल पाउन सकेनन् तर छिट्टै उनीहरुले उनको ब्रेस्ट इम्प्लान्टबारे ध्यान दिए । क्याथीलाई आफ्नो उपचारको लागि झण्डै ६५ लाख रुपैयाँ खर्च गर्नुपर्यो । अन्त्यमा उनको स्वास्थ्य तबमात्र सुध्रियो जब उनले इम्प्लान्ट हटाइन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »