मोबाइ पसल चोरी गर्न सटरको ताला काट्दै गरेका एक व्यक्ति पक्राउ 

२५ श्रावण २०७४

काठमाडौँ । मोबाइल पसलमा चोरी गर्न सटरमा लगाएको ताला काट्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन्। 

काभ्रे महादेवस्थान नगरपालिका–९ घर भएका बुद्धि तामाङलाई बुधबार प्रहरीले काठमाडौ महानगरपालिका–३२ स्थित सनराईज चोकबाट रंगेहात पक्राउ गरेको हो। 

चोरी गर्ने उद्देश्यले तामाङले सनराईज चोकस्थित दिनेश तिवारीको फोक्स माबाईल सेन्टरमा सटरको ताला काट्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। 

पक्राउ परेका तामाङका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »