कविता - 'माया तिम्रो लागी'

२५ श्रावण २०७४

banner

मैले भुलिदिए दुनिया
सन्सार नै तिमी सम्झी
तर,
तिमीले सम्झियौ
मलाई जङ्गली असभ्य
अनि,
ममाथि गर्यौ , हर्कत कुकृत्य
सहेकैछु त्यो पनि
भन,
 अरु के चाहियो ?
माया, तिम्रो लागि!

सारा मेरा सपना भुलिदिए 
बुनौ अब हाम्रो सपना भनि
तर,
तिमीले सम्झियौ
मलाई बेकम्मा हरिलट्ठक
अनी सोच्न थालयौ
तिमी पर्यौ बन्दक
तर ,
अझै स्वतन्त्र छौ , माया, तिमी
उडन सक्छौ उड
तिमीले कल्पना गरे भन्दा बेसि
तिम्रो खुशी नै मेरो खुशी
भन ,
म के गर्न सक्छु ?
माया, तिम्रो लागि !


ढाटे नराम्ररी दुनिया
मात्रै सत्य रहोस हाम्रो बिच भनि
सम्झी मायामा
सबै थोक जायज हुन्छ
तर,
तिमीले कहिल्यै बुझीनौ
मेरो अपराम्पर माया
जहिल्यै पोखीरयौ असन्तोस
भन , म के गरौ?
तिमीलाई खुशी अनि सुखी बनाउन
भन , म के गरौ?
माया, तिम्रो लागि !

रामभक्त राई

Leave a reply

HTML Tags are not supported

Post My Comment »