आत्मनिर्भर अर्थतन्त्रबाट व्यापार घाटा कम गर्न सकिन्छः मन्त्री विश्वकर्मा

२५ श्रावण २०७४

banner

काठमाडौं। वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले आत्मनिर्भर अर्थतन्त्रको विकासबाट मुलुकमा बढ्दो व्यापार घाटा कम गर्दै लैजान सकिने बताएका छन्। मन्त्री विश्वकर्माले व्यापार घाटा काम गर्न निर्यात व्यापार गर्नैपर्छ भन्ने मान्यताको पक्षमा आफू नरहेको जनाए।

व्यवस्थापिका संसद उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बुधबारको बैठकमा बोल्दै उनले आत्मनिर्भर अर्थतन्त्रको विकास गरेर व्यापार घाटा कम गर्न आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गरे। हाल पेटोलियम पदार्थको आयातबाट मात्रै मुलुकमा वार्षिक २ खरव व्यापार घाटा छ।

मन्त्री विश्वकर्माले जलविद्युत क्षेत्रको विकास गरेर पेटोलियम पदार्थको आयातमा कमी ल्याएर व्यापार घाटा कम गर्दै लैजान सकिने उल्लेख गरे। उनले कृषिमा आत्मनिर्भर गराउन सके वार्षिक १ खरव बराबरको व्यापार घाटा कम हुने उल्लेख गरे। मन्त्री विश्वकर्माले मुलुकमा विद्यमान व्यापार घाटा कम गर्न उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयबीच सहकार्य गरेर अघि बढने प्रतिवद्धता जनाए। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »