कुमारी बैंक र इजीलिंक रेमिट्यान्सबीच रेमिट्यान्स सम्झौता

२५ श्रावण २०७४

banner

काठमाडौं। १९ वर्षदेखि मुलुकमका रेमिट्यान्स भित्र्याँदै आएको इजीलिंक रेमिट्यान्स् र कुमारी बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ।  दुई कम्पनीबीच भएको सम्झौता पत्रमा इजी लिंक रेमिट्यान्सको तर्फबाट प्रबन्धक दिपेन्द्र खनाल तथा अपरेशन इन्चार्ज सालिकराम दाहाल र कुमारी बैंकका तर्फबाट प्रमुख बजार व्यावस्थापक राजेश श्रेष्ठ तथा उमिद श्रेष्ठले हस्ताक्षर गरेका छ।

बुधबार भएको सम्झौतापति विश्वका विभिन्न देशबाट इजीलिंक रेमिट्यान्समार्फत विश्वका विभिन्न मुलुकबाट आएको विप्रेषणको रकम कुमारी बैंकले आफ्ना ७४ शाखा र ५ हजार भन्दा बढी कुमारी रेमिटका ऐजन्टमार्फत सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्ने कम्पनिका प्रबन्धक दिपेन्द्र खनालले जानकारी दिए।  उनले विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज बनाउने विश्वास व्यक्त गरे।

इजी लिंक रेमिट्यान्सले विगत १८ वर्षदेखि विश्वका विभिन्न मलुकबाट नेपालमा रेमिट्यान्स भित्रयाइ रहेको छ। आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थाका साथै निजी कम्पनीसँग रेमिट्यान्स भुक्तानी सम्झौतालाई तिब्र पारेको छ।  इजीलिंक रेमिट्यान्सले अन्य देशबाट रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको बताइएको छ।

सम्झौतासँगै विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्समार्फत पठाएको रकम अब इजीलिंक रेमिट्यान्सका ४ हजार भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्धक दिपेन्द्र खनालले जानकारी गराए ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »