यी लेखकको चिहानलाई महिलाले गर्छन् किस, यस्तो छ कारण

२६ श्रावण २०७४

banner

पेरिस। फ्रान्सको पेरिसमा एउटा चिहान छ जहाँ लपक्कै लिपस्टिकको छाप छ । यो चिहानलाई त्यहाँ आउने सबै महिलाले किस गर्छन् । १९ औं शताब्दीका लेखक तथा कवि ओस्कर वाइल्डको यो चिहानलाई उनको एक कवितामा वर्णन गरिएको शैलीमा डिजाइन गरिएको छ । जसका कारण महिलाहरुले यसलाई नचुमी छोड्नै नसक्ने भएको बताइएको छ । 

यहाँ नजिकैका मानिसहरुको अनुसार १९९०को अन्त्यमा यो चिहानलाई महिलाहरुले चुम्ने सिलसिला सुरु भएको हो । यो किसले ओस्कारप्रति मानिसहरुको माया दर्शाउँछ । यहाँ आउने पर्यटक महिलाले चिहानलाई चुमेर त्यहाँ आफ्नो लिपस्टिकको छाप छोडेर जान्छन् । तर यो काम यति सजिलो छैन । यदि कसैले यहाँ किस गरिरहेको देख्यो भने झण्डै १२ लाख नेपाली रुपैयाँ जरिवाना तिर्नुपर्छ । तर चिहानमा किस गर्नेहरु धेरैजसो पर्यटक हुन्छन् र उनीहरुलाई पक्राउ गर्नुभन्दा पहिल्यै उनीहरु आफ्नो देश पुगिसकेका हुन्छन् । 

सुरुसुरुमा यो चिहानबाट लिपस्टिकको निशान हटाउने प्रयास गरिएको थियो । तर जहिले पनि चिहानलाई सफा गरिन्थ्यो यसको एक पत्र उक्किन्थ्यो । यसो गर्दा चिहानको भित्तालाई असर परेपछि अहिले चिहानलाई सिसाले घेरिएको छ । तर, महिलाहरुले सिसामै लिपस्टिकको छाप छोड्न थालेका छन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »