पुरानो घर नभत्काइ एउटा घरबाट यसरी बन्यो दुईवटा नयाँ घर

२६ श्रावण २०७४

banner

एजेन्सी। लण्डनमा एक परिवारले महारानी भिक्टोरियाको पालाको एउटा पुरानो घरलाई नभत्काइ त्यहीँ दुई आधुनिक घर बनाएका छन् । यसको लागि उनीहरुलाई धेरै परिश्रम पनि गर्नु परेन । परिवारले यो घरलाई बराबर दुई भागमा बाँडे र केही नयाँ चिजहरु थप गरे । उनीहरुले गरेको यो सिर्जनात्मक कार्यलाई त्यहाँको प्रमुख मिडिया द इण्डिपेण्डेण्टले निकै प्रमुखताका साथ छापेको छ । 

१८७० मा बनेको १४७० वर्गफीट क्षेत्रमा फैलिएको यो घर अहिले दुईवटा घरमा रुपान्तरित भएको छ । नयाँ बनेका घरहरु तीन तला र तीन बेडरुमवाला शानदार घर बनेका छन् । यी दुई घरहरु हुबहु एक अर्काजस्तै देखिन्छन् । हरेक घरको भित्री क्षेत्र १०७७ वर्गफिट छ । दुवै घरहरुमा सुन्दर बगैंचा पनि छन् । यो ३८ वर्षका डिनी ली र उनका पार्टनर ३९ वर्षका मार्टिन थोमसको मेहनतको नतिजा हो । उनीहरु आफ्नो परिवारसमेत एउटा घरमा बस्न थालेका छन् र दोस्रो घरलाई भाडामा दिने तयारी गरेका छन् । 

यो घर डिनीका अभिभावकले किनेका थिए । डिनी र मार्टिनको भेट २०१० मा भएको थियो । उनहिरु लण्डनमै काम गर्थे र मुख्य बजारमा बस्थे । त्यहाँ भाडामा बस्दा उनीहरुलाई निकै महंगो भएपछि उनीहरुले यो पुरानो घरलाई मर्मत गर्ने सोच बनाएका हुन् । आर्किटेक्टको सल्लाहअनुसार उनीहरुले मूलढोकाको ठिक भित्र लबी बनाए । घरको पछाडिको भागलाई विस्तार गरेर त्यहाँ दुई फ्यामिली बाथरुम बनाए । त्यसपछि उनीहरुले घरलाई दुई भागमा बाँडे । उनीहरुले त्यहाँ नयाँ भर्याङ बनाए, दुई आधुनिक किचन बनाए । उनीहरुले ग्राउण्ड फ्लोरलाई समतल बनाए । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »