अब खेती गर्ने जमिनलाई घडेरी बनाउन नपाइने

२६ श्रावण २०७४

banner

काठमाडौं। अबदेखि खेती गर्ने जमिनलाई टुक्र्याएर घडेरी बनाउन पाइने छैन । सरकारले खेतीयोग्य जमिनलाई प्लटिङ गर्न रोक लगाएको छ । विभिन्न बहानामा खेतीयोग्य जमिनलाई प्लटिङ गरी घर बनाउने प्रचलन बढी भएपछि सरकारले यससम्बन्धी कानुन नै बनाएको हो । 

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । ‘अब खेतीयोग्य जमिनमा खेती नै गर्नु पर्नेछ’ पत्रकार सम्मेलनमा भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले भने ‘कुनै पनि बहानामा खेतीयोग्य जमिन प्लटिङ गर्न पाइने छैन । खेतीयोग्य जमिनमा कंक्रिट ठड्याएर खाद्यान्न विदेशबाट आयात गर्नुपर्ने अवस्था आउन लागेकोले यसलाई रोक्न नयाँ नीति बनायएको मन्त्री दहितले बताए । यसअघि सम्बन्धित निकायबाट अनुमति लिएर प्लटिङ गरी कित्ताकाट गर्न पाइने व्यवस्था भएकोमा त्यो व्यवस्थालाई हटाइएको हो । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »