११ फोटोमा हेर्नुहोस् ७०० वर्षमा सयौं पल्ट डुबिसक्दा पनि जस्ताको तस्तै रहने विचित्र मन्दिर

२६ श्रावण २०७४

banner

बेइजिङ। चीनको इजोऊ प्रान्तमा यांग्त्से नदीमा बनेको यो मन्दिर ७ सय वर्ष पुरानो हो । मन्दिर अहिलेसम्म सयौं पटक नदीमा आएको बाढीमा डुबिसकेको छ । तर, यो मन्दिरलाई बाढीले कुनै नोक्सान पु¥याएको छैन । 

यो मन्दिर चीनका सोन्ग वंशका शासकले बनाएका हुन् । ती शासकहरुले यो मन्दिरलाई नदीको बीचमै बनाउन लगाएका थिए । विगत केही दिनदेखि यो नदी पूरै पानीमा डुबेको थियो । अहिले पानीको सतह घटेपछि केही भाग देखिएको छ । नदीमा मन्दिरको आधा भाग भने १२ महिना नै डुबिरहेको हुन्छ । मानिसहरु डुंगामा चढेर यहाँ पुग्छन् ।  
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »