मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

२६ श्रावण २०७४

banner

रुपन्देही।  मोटरसाइकलको ठक्रबाट रुपन्देहीमा एक वृद्धाको मृत्यु भएको छ ।  

बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहास्थित सिद्धार्थ राजमार्गमा लु.१० प ४७७३ नम्बरको मोटरसाइकलले पैदलयात्री नवलपरासी सुनवल नगरपालिका–७ अस्नैया बस्ने ७० बर्षीया साबित्रा ज्ञवालीलाई बिहीबार ठक्कर दिएको थियो । मोटरसाइकलमो ठक्करबाट गम्भीर घाईते भएकी उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »