नेपाली फुटबल टोली आज जापान जाँदै, एक हप्तामा पाँच खेल खेल्ने 

२७ श्रावण २०७४

banner

काठमाडौँ । एसियन कप फुटबल छनौटको अभ्यास खेलका लागि नेपाली फुटबल टोली आज जापान जाँदैछ। 

नेपालले जापानमा यही साउन २९ देखि भदौ ३ सम्म ५ टोली सँग अभ्यास खेल खेल्ने छ।  जापान जाने टोलीलाई हिजो नै अखिल नेपाल फुटबल संघ एन्फाले काठमाडौंमा एक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ। 

एसियन कप छनोटको तेस्रो खेलमा नेपालले आगामी भदौमा ताजकिस्तानको सामना गर्दैैछ। भदौ २० गते काठमाडौंमा हुने सोही खेलको तयारी स्वरुप नेपालले जापानसँग अभ्यास खेल खेल्न लागेको हो। 

नेपाली टोलीमा गोलकिपर विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने, डिफेण्डर विराज महर्जन, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, मान बहादुर तामाङ, दीनेश राजवंशी साथै मिडफिल्डर विक्रम लामा, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ, अन्जन विष्ट, हेमन्त थापा मगर, सुनिल बाल रहेका छन्। फरवार्डमा अनिल गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्ती मगर, सुमन लामा समावेश भएका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »