गजल - मिलन 

२७ श्रावण २०७४

banner

लाग्छ आज वसन्तमा बहार आएको छ
मनमा पुनर्मिलनको रहर आएको छ 

विश्वासका डोरीहरू खिची रह्यौ सधै भरी
संगै बाँच्ने जिवनमा लहर आएको छ 

वर्षौ देखी विछोडमै तड्पिएर कुरी बस्यौ
अाज बल्ल मिलनको प्रहर आएको छ 

संझनी मै रोई बिते जवानीका ती दिनहरू
रूनु पर्ने छैन यादमा अब ठहर आएको छ 

मेटियो दूरी विछोडको दिलमा खुशी छाएको छ
मलाई भेट्न मेरो माँया मेरै शहर आएको छ 

बाबुराम पन्थी " गुल्मेली
तम्घास गुल्मी

Leave a reply

HTML Tags are not supported

Post My Comment »