करोडौँको सम्पत्ति छोराको नाममा पास गरेपछि यी व्यापारी पुगे फुटपाथमा

२७ श्रावण २०७४

banner

एजेन्सी । १२ हजार करोड रुपैयाँको रेमड ग्रप कम्पनीका मालिक विजयपत सिंघानियालाई आफ्नै छोराले धोका दिएका छन्। उनी अहिले छोराकै कारण सडकमा पैतल यात्रा गरिरहेको देखिएका छन्। 

उनका छोरा गौतम सिंघानियाको कुरा गर्ने हो भने उनको मुम्बईमा देशकै सबैभन्दा दोस्रो भवन छ । जेके हाउस २०१२ मा उक्त भवनको निर्माण हुरु भएको थियो। तर २०१३ मा उक्त निर्माणमा रोक लगाइयो। 

सिंघानिया भवन बन्न लागेको स्थानमा पहिले रेमण्डको शोरुम थियो। उक्त जग्गामा पहिले नै सिंघानिया परिवारको १९६० मा बनाइएको प्लस टु भवन छ। उक्त सम्पति विरुद्ध विजयपतले मुद्दा दर्ता गराएका थिए। 

गौतम देशकै ठूला व्यापारी हुन्। उनी आफ्नै निजी जेट र याट विमानका मालिक हुन्। उक्त याट विमानलाई बजारमा सबै भन्दा महंगो मानिन्छ। विवाद निर्माणाधिन जेके हाउसको हो। उक्त भवन २००७ मा भएको थियो। त्यसपछि डाक्टर सिंघानिया र उनका भाईकी पत्नी तथा उनका छोराले आफ्नो सम्पतिका लागि मुद्दा दायर गरेका थिए। 


त्यसपछि वकिलले डा सिंघानिया कम्पनीको सबै शेयर आफ्नो छोराको नाममा गर्ने आदेश दिएको थियो। उक्त शेयरको मुल्य १००० करोड रुपैयाँको थियो। उक्त सम्पत्ति पाएपछि गौतमले आफ्नो बाबु विजयपतलाई बेसाहारा छोडिदिए। त्यती मात्रै हैन् उनले बाबुले प्रयोग गरेको गाडी र ड्राइभर समेत लिएर गए। त्यसपछि डाक्टर विजयपत सडकमा पैतल हिँडन बाध्य भएका हुन्।  


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »