पिता रोइरहे, छोरीका साथीहरुले नै भाइरल गरिदिए नग्न फोटो र भिडियो (भिडियोसहित)

२७ श्रावण २०७४

banner

झारखण्ड। मोबाइल चोरीको आरोप लगाएर होस्टलमा बस्ने छात्राहरुले आफ्नै साथीको नग्न फोटो उनका पिताकै अगाडि इन्टरनेटमा भाइरल गरिदिएका छन् । घटनापछि प्रहरीले २ छात्राहरुलाई गिरफ्तार गरेको छ । यस्तो लज्जाजनक घटना भएपछि भारतको झारखण्डका मुख्यमन्त्री रघुवर दासले आफैं दोषीहरुलाई तत्काल कडा कारवाही गर्न निर्देशन दिएका छन् । 

भारतीय संचारमाध्यमले जनाएअनुसार मुख्यमन्त्री दासले प्रदेशका सरकारी साइबर टिमलाई पनि फोटो नग्न हुनबाट बचाउन निर्देशन दिएका छन् । घटनाप्रति प्रदेश सरकार नै निकै संवेदनशील भएको बताइएको छ । मख्यमन्त्री दासले २ दिनभित्र जाँच गरेर प्रपतवेदन बुझाउन निर्देशन दिएका छन् ।  

झारखण्डको संथाल परगना महिला कलेजको होस्टलमा केही पदनअघि एक छात्राको मोबाइल चोरी भएको थियो । होस्टलमा अर्की छात्रासँग पुरानो मोबाल देखेपछि ती छात्राहरुले त्यो त्यही चोरीकै मोबाइल भएको शंका गरे । त्यसपछि ती छात्राहले ४ अगष्टमा होस्टलमै महापंचायत बोलाए । महापंचायतले ती छात्रालाई दोषी बताएपछि अन्य छात्रा उनीमाथि खनिए । 

उनीहरुले ती आरोपी छात्रालाई कुटपिट गरे । त्यसपछि उनलाई त्यहीँ नग्न बनाए । उनको नग्न फोटो खिचे र पूरै घटनाको भिडियो बनाए । त्यसपछि महापञ्चायतले फैसला गर्यो ती छात्राले १८ हजार ६ सय रुपैयाँ जरिवाना तिर्नुपर्छ । यसो नगरे भिडियो भाइरल गरिनेछ । पीडित छात्राले यो कुरा गाउँमा आफ्ना गरिब किसान पितालाई भनिन् । 

पिता तत्काल होसटल पुगे र महापञ्चायतका छात्राहरुसँग भिडियो भाइरल नगरिदिन बिन्ती गरे । उनले आफ्नो गोरु बेचेर भए पनि जरिवाना तिर्ने भन्दै २५ अगष्टसम्मको समय मागेका थिए । तर, त्यसअघि नै केही छात्राहरुले भिडियो भाइरल गरिदिए ।


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »