किन भयो यी करोडपति प्लेब्वायको सम्पत्ति एकाएक जफत ?

२७ श्रावण २०७४

banner

रोम। इटलीका करोडपछि गियानलूका वाछी आफ्नो बिलासी जीवनशैली, ट्याटु र पार्टीका कारण मिडियाको चर्चामा रहन्थे । तर, अहिले भने सम्पत्ति जफत भएपछि चर्चामा छन् । ऋण नतिरेका कारण उनको सम्पत्ति बैंकले जफत गरेको हो । 

ऋण तिर्न नसकेपछि वार्छीको प्राइभेट याटसहित थुप्रै सम्पत्ति बैंकले सीज गरेको छ । अहिले वाछीको सोसल मिडियामा निकै मजाक उडाइएको छ । इटलीको वेबसाइट क्वाटीडियानोका अनुसार वाछीले झण्डै ११ मिलियन युरो ऋण तिरेका छैनन् । यो नेपाली रुपैयाामा झण्डै डेढ सय करोड रुपैयाँ हुन जान्छ । 

वाछी प्राइभेट जेट, लक्जरी याटमा युवतीहरुसँग पार्टी गरिरहेका भेटिन्थे । वाछीले यी पार्टीमा फोटोहरु इन्स्टाग्राममा शेयर गरिरहन्थे । यही कारण अहिले उनको सोसल मिडियामा निकै मजाक उडाइएको छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »