दोक्लम विवादबारे भारत र भुटानबीच नेपालमा वार्ता, चीनको चासो

२७ श्रावण २०७४

banner

नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री सुष्मा स्वराज र भुटानका विदेशी मन्त्री दाम्चो दोर्जीबीच भेटवार्ता । तस्बिरः प्रकाश माथेमा/एएफपी

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री सुष्मा स्वराज र भुटानका विदेशी मन्त्री दाम्चो दोर्जीबीच भेटवार्ता भएको छ ।
पछिल्लो समय दोक्लम को सीमा विवादले चीन र भारतबीच सम्बन्ध चिसो बनेको छ ।

बिमस्टेक बैठकका लागि काठमाडौं आएका भारतीय र भुटानी विदेश मन्त्रीबीच साइड लाइन वार्ता भएको छ । उनीहरूबीचको वार्ता दोक्लम विवादमा केन्द्रित रेहको बताइएको छ ।

काठमाडौंमा भएको दुई देशका विदेश मन्त्री स्तरीय बैठकलाई महत्वका साथ हेरिएको छ । अन्तराष्ट्रिय मिडियाहरूले पनि यो भेटको प्राथमिकतासाथ कभरेज गरेका छन् ।

दोक्लम विवादमा भारतीय र चिनियाँ मिडियाबीच मत्रै हैन कुटनीतिक तह र सैन्य तहमा पनि बाझाबाझ पर्दै आएको छ । यहीबीचमा नेपालमा भएको वार्ताले भुटान र भारतबीच विवादबारे साझा धारणा बनाउन मद्दत मिल्ने अनुमान छ । नेपालमा भएको यो वार्ताबारे चीनको गहिरो चासो रहनु स्वाभाविक छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »