चीनले लियो उत्तर कोरियाको पक्ष, अमेरिकालाई दियो कडा चेतावनी

२७ श्रावण २०७४

banner

एजेन्सी। अहिलेसम्म उत्तर कोरिया र अमेरिकाको विवादका विषयमा केही नबोलेको चीनले एकाएक उत्तर कोरियाको पक्ष लिएको छ । उसले उत्तर कोरियामा आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिएको छ । यदि अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गरे आफू चुप नलाग्ने चीनले प्रस्ट पारेको हो । 

चीनले आफ्नो सरकारी मिडिया ग्लोबल टाइम्सले यदि अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गरेमा आफूले दखल दिने स्पष्ट शब्दमा लेखेको छ । ग्लोबल टाइम्सलाई चीन सरकारको प्रवक्तासरह मानिन्छ र चीन सरकारले आफ्ना धारणा यही सरकारी मिडियामार्फत नै राख्दै आएको छ । ‘यदि उत्तर कोरियाले अमेरिका र यसका सहयोगीलाई धम्की दिन मिसाइल लन्च गरेमा चीन तटस्थ रहनेछ’ ग्लोबल टाइम्सले लेखेको छ ‘तर यदि अमेरिका र दक्षिण कोरियाले हमला गरे र उत्तर कोरियाली शासन समाप्त पार्ने र कोरियाली राजनैतिक अवस्था बदल्ने कोसिस गरे भने चीनले यसलाई रोक्नेछ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई धम्की दिएलगत्तै आएको चीनको यस्तो प्रतिक्रियालाई अर्थपूर्ण रुपमा हेरिएको छ । समाचार एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । यस्तो बेलामा अमेरिकाले आक्रमण गरे त्यसलाई रोक्ने तर उत्तर कोरियाले आक्रमण गरे केही नबोल्ने चीनको धारणाले चीन उत्तर कोरियाको पक्षमा गएको अर्थ लगाइएको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »