दश किलो चरेशसहित पक्राउ

२७ श्रावण २०७४

banner

भीमदत्तनगर । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरो ९आरआइटी० को टोलीले दश किलो लागुऔषध चरेशसहित शुक्रबार कैलालीको फलुबारी नगरपालिकाका ४५ वर्षीय अमरबहादुर बोहरालाई पक्राउ गरेको छ । 

फलुबारी नगरपालिका–१८ ई गाउँ घर भएका अभियुक्त बोहरालाई घरछेउबाट ब्युरोको टोलीले चरेशसहित नियन्त्रणमा लिएको ब्युरोका प्रमुख प्रहरी नायब निरीक्षक लोकराज भट्टले जानकारी दिए । 

ब्युरोले अभियुक्त बोहराले बझाङबाट चरेश आयात गरी भारत निर्यात गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । बोहरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »