विद्यालय सन्चालन सहयोगार्थ जापानमा प्रथम नवलपरासी तीज धमाका

२८ श्रावण २०७४

banner

बिक्रम कोईराला। नवलपरासीको कावासोतीमा बहिरा विद्यालय सन्चालन सहयोगार्थ नेपालीहरुको महान् चाड हरितालिका तिजको अबसरमा नवलपरासी समाज जापानले प्रथम नवलपरासी तीज धमाका कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरुमा चर्चित गायक रमेश राज भट्टराई, लोक गायिका पुर्णकला बि सिको बिषेश प्रस्तुति रहने छ।

अगस्त २१ तारिकको दिन टोकियोको इकेगामीमा हुने ऊक्त कार्यक्रममा प्रवासमा रहेर नेपाली लोक संगित क्षेत्रमा निरन्तर लागि परेका कलाकारहरु गायक सुर्य खड्का, माधव सिग्देलको बेजोड प्रस्तुति रहने छ।

जापानमा यस बर्ष धेरै नाम चलेका कलाकारहरुको भिषामा समस्या आएका कारण धेरै कार्यक्रमहरु अन्योल स्थिति हुदा पनि नवलपरासी समाजले आयोजना गरेको कार्यक्रमलाई भने कुनै प्रभाव नपरेको र कलाकारको भिषा टीकट सबै ब्य्बस्था भैसकेको कलाकारहरु १६ तारीक जापान आईपुग्ने र कार्यक्रमको अन्य आवस्यक तयारी ७० ५ पुरा भएको आयोजक समितिका सदस्य सुशील ज्ञवालीले जानकारी दिए ।

मनोरञ्जन सगै सामाजिक क्षेत्रमा सहयोग गर्ने उदेष्यले नवलपरासी समाज जापानले आयोजना गर्न लागेको यो पहिलो कार्यक्रम रहेको आयोजक समितिका सयोजक कृष्ण अधिकारीले जानकारी गराए ।

 

टोकियोमा छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनिहरुलाई कार्यक्रम उपस्थित भई नेपालबाट आमन्त्रित तथा जापानमै रहनु भएका कलाकारहरु सँग नाचगान गरि भरपुर मनोरंजन लिन र कार्यक्रम सफल पारिदिन आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »