मलेसियामा थप कडाइ : पाँच हजारभन्दा बढी आप्रवासी पक्राउ

२८ श्रावण २०७४

काठमाडौँ । मलेसियाले गैरकानुनी अवस्थामा रहेका आप्रवासीमाथि थप कडाइ गरेको छ।

गैरकानुनी अवस्थमा रहेकालाई पक्राउ गर्न मलेसियाले गत जुलाई १ देखि देशव्यापी अभियान सुरु गरेको हो। त्यसयता पाँच हजारभन्दा  बढी आप्रवासी पक्राउ परिसकेका छन्।

पछिल्लो समय अनीहरुमाथिको खोजी अभियानलाई थप तिव्रता दिँदै मलेसियाली प्रहरीले उनीहरु लुकेर बसेका सम्भावित ठाउँमा छापा मारी पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको छ।

मलेसियाली अध्यागमन विभाग, प्रहरी लगायत विभिन्न ६ सरकारी निकायका अधिकारीको संयुक्र टोलीले पक्राउ अभियान जारी राखेको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »