नेपाल आएर पनि ओलीलाई किन भेटिनन् सुष्मा स्वराजले ?

२८ श्रावण २०७४

banner

काठमाडौँ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नभेटी स्वदेश फर्किएकी छन्।

स्वराजले सत्तारुढ दलका शीर्ष नेता र मधेसकेन्द्रित दलका नेता हरुसँग भेटवार्ता गरेर फिरेकी छन्। कूटनीतिक भ्रमणमा राजनीतिक भेटघाट हुँदा प्रमुख प्रतिपक्ष दलको नेता प्राय छुट्दैनन्।

स्वपराज विमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन काठामाडौं आएकी थिइन्।

अध्यक्ष ओलीले शुक्रबार पोखरामा कार्यक्रम रहेकाले आफू व्यस्त रहेको सन्देश दिएपछि भेटवार्ता नभएको कूटनीतिक स्रोतले बतायो। आजको कान्तिपुर दैनिकले खबर छापेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »