गैर आवासीय नेपाली संघ जापानका उम्मेद्वारविरुद्ध दाबी विरोध दर्ता (विज्ञप्तिसहित)

२८ श्रावण २०७४

काठमाडौँ । गैर आवासीय नेपाली संघ जापानका उम्मेद्वारमाथि दाबी विरोध गराएका व्यक्तिले अर्को विज्ञप्ति जारी गरेका छन्। 

केही समय अघि एनआरएनए जापानका उपाध्यक्ष उम्मेद्वार शिव प्रसाद पौडेल र सचिव जनक बिक्रम शाहीमाथि दाबी बिरोध दर्ता गराईएको थियो। उम्मेद्वारको मनोनयनमा पर्नेका दुबैको एक वर्ष कार्यकाल पुरा नभएको भन्दै दाबी बिरोध दर्ता गराईको दाबी विरोध कर्ताले बताएका छन्। 

उनीहरुले निकालेको विज्ञप्ति जस्ताको तस्तै :


 विज्ञप्ति : दावि-विरोध सम्बन्धमा 

गैर आवाशिय नेपाली संघ जापान कान्तो क्षेत्रीय कमिटि २०१५-२०१७ ले सल्लाहकारमा नियुक्त गराईएको भनिएका र दावि विरोधमा पर्नुभएका उम्मेदवार ज्युहरु केहि महिना अघि मात्र मनोनित गरेको आम जापानवासी नेपालीलाई जानकारको विषय भएता पनि कान्तोको माईनट अनुसार २०१६-०७-२२ मा आधिकारिक मनोनित गराईएको भनि निर्वाचन कमिटिलाई बुझाईएको छ । मनोनित गरेको मितिले १ बर्ष पुग्ने मिति २०१७-७-२१ हो । 

तर २०१७-०७-०९ मा कान्तो क्षेत्रिय अधिवेशन सम्पन्न भईसकेको र कान्तो क्षेत्रिय कमिटि २०१५-२०१७ को सल्लाहाकार सहित सम्पूर्ण समितिको कार्यकाल समाप्त भई २०१७-२०१९ को नवनिर्वाचित कार्यसमिति आईसकेको छ । मनोनित सल्लाहाकारको कार्यकाल कान्तो अधिवेशन २०१७-०७-०९ संगै समाप्त भैसकेको छ । अधिवेशनको मनोनित गरिएको मितिबाट कार्यकाल समाप्त भै सक्दाको मितिले ११ महिना १३ दिन मात्र हुने र नियमावलि अनुसार १ कार्यकाल ( कम्तिमा १ बर्षको समयावधि ) नपुग्ने हुंदा उहांप्रति दावी विरोध स्वभाविक रहि स्वतह र स्प्रष्ट रुपमा प्रमाणित हुन आएको छ ।

यस अघि गैर आवासीय नेपाली संघ जापानको २०१७-२०१९ का उपाध्यक्षका उम्मेदवार शिव प्रसाद पौडेल र सचिब जनक बिक्रम शाहि माथि दाबी बिरोध दर्ता गराईएको थियो । २५ सेप्टेम्बर २०१६ मा ओकिनावाबाट पारित बिधान अनुरुप, राष्ट्रिय समन्वय परीषदको अध्यक्ष बाहेकको कार्यकारी पदहरुमा राष्ट्रिय समन्वय परीषदको सदस्य वा सल्लाहकार रही कुनै पनि पदमा कम्तिमा १ पुरा कार्यकाल संम्पन्न गरेको हुनुपर्ने छ । गैर आवाशीय नेपाली संघ जापन २५ सेप्टेम्बर २०१६ मा ओकिनावाबाट पारित बिधान को परिच्छेद ८ को ५ को ५.२ अनुरुप, रास्ट्रीय समन्वय परीषदको अध्यक्ष बाहेकको कार्यकारी पदहरुमा, रास्ट्रीय समन्वय समिति सदस्य, सल्लाहकार, क्षत्रिय समिति सदस्य वा सल्लाहकार रही कुनै पनि पदमा कम्तिमा १ पुरा कर्यकाल सम्मपन्न गरेको हुनु पर्नेछ । बिधान लाइ टेकेर हेर्ने हो भने पुरा कार्यकाल भने पनि के कति समय भनेर किटान नगर्दा यस अघि ३ सेप्टेम्बर २०१७ एनआरएनए जापानले राखेको भेलामा केहि बिबाध उत्पन्न भएपनि निर्वाचन आयोगले निकालेको निर्वाचन नियमावली २०१७ को ७ मा उल्लेखित उम्मेदवारको सर्त र योग्यतामा कम्तिमा १ वर्ष कार्य सम्पादन गरेको हुनुपर्ने भने पछी दाबी बिरोध मा स्पष्टता आएको हो ।

म व्यक्तिको ख़िलाफ़ कत्ति पनि छैन, प्रवृतिको ख़िलाफ़ हो । व्यक्तिको आंकलन र मेरो व्यक्तिगत संवन्धको हिसावमा  उहांहरुलाई अशल व्यक्ति होईनन भन्नेहरु कमै भेटिएलान । त्यसकारण पनि विधि विधानलाई तपाईं हामि सबै मिलि कार्यान्वयन गर्न गराउन पहल गर्नुपर्छ भन्ने मेरो बुझाई हो । विधि विधानलाई नै पालना नगर्ने र संम्ब्निधित निकायबाट नगराईने हो भने संस्थाको संस्थागत आँच माथिको पराकाष्ट हुनेछ र भोलिका दिनमा पनि गलत परम्पराले निरन्तरता पाउनेछ  भन्नेमा एनआरएनए अभियन्ता, कार्यसमिति, निर्वाचन आयोग, उम्मेदवार, मतदाता र आम जापानबासी नेपालीहरुमा सजक रहन हार्दिक अपिल गर्दछु ।

यसका बावजुत पनि निर्वाचन कमिटिले निर्णय गर्न किन हिच्किचाहि रहेको छ ? आम जापानबाशि नेपालीले चासोको विषयमा हेरिरहेको यस समस्याको संबोधन गर्न किन ढिलाई भएको छ ? कि ३६५ दिन भन्दा कम भएतापनि महिनाले १ बर्ष पुरा भएको भन्ने भनाउने तयारि हुंदैछ ? १ बर्ष भनेको ३६५ दिन हो या विविध वहानामा सो भन्दा कम हुन सक्छ ? कि विधि विधानले रोके पनि एनआरएनए जापान २०१७-२०१९ का लागि यि व्यक्तिहरू हरेक कारणले नभईनहुने व्यक्ति हुन ? त्यसो हो भने आगामि कार्यसमितिबाट मनोनित गर्न सकिंदैन ? जापानभर एक किसिमको ख्याति बनाईसकेका पदाधिकारि बन्ने हैसियत बोकेका आदरणीय व्यक्तित्वहरु बिधि बिधानले छेकेकाले नै  सदस्यमा उम्मेदवारि दिएका छन भने के हि व्यक्ति विशेषलाई लक्षित गर्नु गराईनुको कारण के हो ? अत; दावि विरोध परि नियमावलको सर्त तथा योग्यता अनुसार विधि विधानको परिधि अन्तरगतको निष्पक्ष निर्णय गरि कार्यतालिका अनुरुप यथासिघ्र अन्तिम नामावलि प्रकासित गर्न गराउन सम्मानित निर्वाचन आयोग समक्ष हार्दिक निवेदन गर्दछु ।

                             बाशुदेव लामिछाने
                         सचिब पदका उम्मेदवार
                   एनआरएनए जापान २०१७-२०१९

Leave a reply

HTML Tags are not supported

Post My Comment »