किन रोकियो एसपी चौधरीको सरुवा ?

२८ श्रावण २०७४

banner

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखमा सरुवा गरिसकेका अधिकांश प्रहरी उपरीक्षक एसपीले जिम्मेवारी सम्हालिसकेका छन्।

धनुषा प्रमुखमा सरुवा भएकी एसपी मीरा चौधरी भने कहिले त्यता जानुपर्ने भन्नेमा बेखबर छिन्। सरुवा भएको बाहेक थप केही जानकारी छैन। हाल केन्द्रीय अनुसन्धान ब्युरोमा छु, चौधरीले भनिन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले एसपी चौधरीलाई धनुषा पठाउने निर्णय सच्याउन र हाल प्रमुख रेहका लालमणि आचार्यलाई नै कायम राख्न गृहमन्त्री जनार्दन शर्मा र प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई निर्देशन दिएको चर्चा चलेको थियो।

तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले गत भदौ २१ गते आचार्यलाई धनुषा प्रमुख बनाएका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »