संविधानको एक्सपेरिमेन्ट       

२८ श्रावण २०७४

banner

सर्वाज्ञ वाग्ले

संविधान भन्नाले राज्य, राष्ट्र वा कुनै उच्च सस्था आदिको संघटन, संचालन, स्थागत, आदीको  ब्यवस्था गर्ने नियमहरु लेखिएको मुल विधान।देशका सम्पूर्ण एेनकानुनको मुलस्रोतअथवा त्यसको व्यवस्था,प्रबन्ध अथवा भनुभने साहित्यिक कृतिमा वस्तु ,शिल्प आदी मिलाउने काम ब्यवस्था प्रबन्ध ,बन्दोवस्त यसका धारा भन्नाले संविधानको व्याख्या गर्ने क्रममावर्गिक्रित दफा वा उपदफा र यसको परिषद भन्नाले कुनै राष्ट्र देश वा उच्च संस्थाको विधान निर्माण गर्न गठन भएको समिती, संविधान बनाउने निर्वाचित प्रतिनिधिहरुको सभा ,बिधापिका, यसको प्रदत्त भन्नाले संविधानले प्रदान गरेको अधिकार स्वतन्त्रता आदी।

यसको वाद भन्नाले सन्विधानलाई नै सर्वे सर्वा मान्ने प्रचलन। संविधान भन्ने कुरोको चुरो समात्न नेपालका नेता कतिबध्द भै फेता गुथेकै छन्र तर के गर्नु जसरी साँझ पछी सुर्योदय हुन्छ । दिनपछी रात । फेरी वर्षा लाग्छ ्रवर्षामा भेलले फेल गर्छवाडिले लाग्यो बाडी पीडित । पीडितको सेवा गर्दा गर्दै महान चाडवाडको आगमन हुन्छ । वर्षदिनको चाड पनि वडाको चिन्तामा मान्नै पर्‍यो चाडवाड जानपाएको छैन । 


जाडो आयो जाडोमा पनिसानो तिनो हात कठयाङिदो जाडोबाट वच्न दुइ फुइ रुइ भन्छन दुई नहुनेले दुई हुनका लागि मंसिर, माघमा लगन गाँठोबाँधिने चलन चलेकै हो ।

 त्यही साइतको जोहो गरी माघ आठमापनि संविधानलाई नयाँंदुलही माघमा भित्र्याउदा झै भित्र्याउने महान क्रान्तिकारी महान नेताहरुको साइत त काइतैको होनी ।                                                        

घरमा बुहारी  भित्र्याउन त रमाइलो हुन्छ बाजा गाजा, जन्ती , बाख्रो, भोज भातेर, कती रमाइलो त्यो रमाइलो बोज भोली पल्टै ॠणको बोझ चाँही सजिलो त्यसमा  पनि  बुहारीकोफरमाइस नयाँं जमाना, नयाँ फेसन, नयाँं परिवारको सदस्य, नयाँं सपना र उसको हिफाजत गर्न त्यती सजिलो छैन ।

त अझै चार वर्ष सिङै छनी हैन रसंबिधानले पनि माघ आठमात्यही देख्यो र भित्रिन गाह्रो मान्यो त्यस्तै संबिधान भित्र्याउनेले पनि यसको लेखा जोखा, ऋण ,धन, भोज भतेर र साइतको जोहो गर्दैछ्न समय त अझै चार वर्ष सिङै छनी हैन र ?  यसरी नै जाडोमा मंसिर र माघ परेकोले चाह-चाहमै ब्याह भयो ।

जसरी हाम्रा महान नेतागणले टाउकोमा कफन बाधेर लोकतन्त्रको सगुन भित्र्याए त्यसरी नै पराइ घरकी चेली बेटि लाईतुल्याउनु उनको हिफाजत गर्नु सजिलो छैन त्यस्तै लोककतन्त्रको र संविधानको हालत भयो ।

जसरी जाडोमा चाडो विवाह गरियो त्यसरी नै लोकतन्त्र पनि हाम्रा नेतागणले चाडो ल्याइदिएतर हामी घर परिवारका सदस्यले हिफाजत गर्ने जानेका छैनौ । अल्लारेमै विवाह बन्धनमा बाधिए जस्ताइ पोभो त बा । कुरो आयो किन संविधान बन्द, उधोग धन्दा बन्द, रोजगारी बन्दतरकारी बारी र खेती किसानि पनि आजकाल बन्द ,देशै बन्द भन्ने कुरो हाम्रो मानसिक सन्तुलनमा असन्तुलन बन्ला भन्ने कुरो को चुरो चाँही ।                                         

कुनै कलकारखानामा कामचोर, अनुभवहिन, अस्वास्थ्य, अज्ञानी, मुर्ख मजदुर भए भने कलकारखाना चलाऊनै सक्दैनन। चल्ने त कुरै छौ बन्दै गराउने धन्दा मजदुरको संगठन रकलकारखाना भन्दा पनि दोब्बर तलबको माघले माघ आठ बनाइ कलकारखानै बन्द गराएपछी न रहे बाँस न बजे बान्सुरी। ठीक त्यस्तै हालत हाम्रो देश, माघ आठ, संविधान र मुलुकलाईमुस्किल बनाइदिए।

जसरी आजकलको मेडिकल कलेजको नाममा खुलेका असंखय हस्पितलले बिरामीलाई डाक्टर ,डाक्टर विध्यार्थि, नर्स  नर्स विध्यार्थिले चारै तिर घेरी हेरी रहन्छन।

विरामिका आफ्न्त दंग ओहो मेरी बास्सै खास्सै हस्पितलमा ल्याए बा मेरो बिरामी यत्रा डाक्टर र नर्सले सेवा गरे पछी अहिल्यै ठीक हुने भयो। विरामिलाई उता पुछेका छन, उता उथाएर नयाँकपडा फेरेका छन। इन्जेक्सन दिएका छन भएन भनेर तुरुन्तै अर्को इन्जेक्सन दिएका छन।बाफ रे बाफ कस्तो सेवा सबै दंग विरामिका आफन्त दंगले फगं  उता बिरामीलाई यो औषधीले भएन उ औषधीले दिने उ औषधीले भएन अर्को एक्सपेरिमेट गर्ने। यो इन्जेक्सन दिने त्यहाँ बाट पनि भएन भने अर्को इन्जेक्सन दिने त्यहाँ बाट पनिभएन भने चिरेर  हेर्ने।  विरामिको अंफ्न्तलाई थाहा छैन बिचरा उत जनता जनाजर्न हो । जता लाग्यो उतै जान्छ ।

जे भन्यो त्यही भन्छयता साइन गर अब अपरेसनमा लानु पर्‍यो अनी ठीकहुन्छ भनेर डाक्तरले भने पछी उत मख्ख पर्छ उसलाई के थाहा आफ्नो परिवार त्यहाँ भ्याकुता भएर चिरिदै छ।

अब यो वेमौसममा भ्यागुता पनि पाइन्न त्यसको साटो मेरो परिवार यहाँँभ्याकुता एक्सपेरिमेन्टमा भित्र अपरेसन थिएतरमा थेच्चिदैइ छ भन्ने के थाहा ? तर डाक्टरले बिध्यार्थि डाक्टरलाई र नर्सले विध्यार्थी नर्सलाई सिकाउँदै छन ।

त्यो बिरामीले पनि त्यो महानअवसर त पायो आफु मरेर अर्को बाँच्छ भने त्यो विरामी नमरेर हुन्छ ? त्यो त महान भयो थाहा नभएको शाहीद । संविधानजस्तै शाहीद । संविधानको जस्तै एक्सपेरिमेन्ट।

जसरी यता चिरेरभएन उता चिर यो औषधीले भएन अर्को इन्जेक्सन डाक्टरलाई बिरामी मर्न र वाँच्नसँग के मतलब ।त्यहाँ विध्यार्थी डाक्टरलाई सिकाउन सँग मतलब छ ।

त्यहाँ त्यो विरामी त एक्सपेरिमेन्टमै मर्छनै त्यो डाक्टर र विध्याथी सबै लाई थाहा छ त्यहाँ मान्छे होइन भ्याकुता आएको छ । अब केही क्षणमा भ्याकुतालाई ट्रयासमा फाल्ने हो जसरी संबिधान लाई ट्रयासमा फालियो ्रजाडोमा सडक तातो बनाउन आगो ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »