लिडर–लीला

२८ श्रावण २०७४

banner

लिडर र नेता उस्तै उस्तै शब्द हुन् ।  सबै शब्दहरु आफ्नै भाषाबाट हुनुपर्छ भन्ने जरुरी पनि छैन र भेटेसम्म आयातित गर्दा मर्का नपर्ला ।  लिडर भन्नाले जुनसुकै प्राणिको पनि नेत्रृत्व गर्न सक्ने खुबी भएका लिडर भनिन्छ । एक जमानाको कुरा हो । हाम्रो गाउँमा चार पाचँ घरकै गाई वस्तु चराउन जाँदा हामीले धौले गोरुलाई ठुलो घाँडो झुण्डयाइ दिन्थ्यौ किनकी उ  सहिठाउमा चररेर सहि बेलामा फर्कन्थ्यो । 

त्यस्तै सिगारी बाख्रीको काँधमा पनि उस्तै खालको जिउ सुहाउने सानो घण्ट लगाइन्थ्यो । आफु भने लुकी खेल्दै ठुलो सालघारी वनमा मनै आनन्द । मैन गटाको तरकारी , आमला, हररो, वररो, इमिली, कान्छीसाग ,पडके च्याउ ,मलायो जामुनो, काफल, सिताफल के गर्नु अहिले त लिडर-लीलाले जङलकै लिडको लगाइ दिए एउटा रुख पनि छैन ।

सफा छ हाम्रो कैलाली कंचनपुर, नयाँ मुलुक एउटा लिडर बक्सिस पाएको मुलुक । अरु बग्रेल्ती लिडरले पच्चिस साल बाट लिडको लाउन सुरु गार्या छत्तिस, छयालिस, छपन्न, बैसठि साँध सिमा गैसके ।  यो लिडर पनि हात्तीको, गैंडाको, कुकुरको, ढुकुरको , गोरुको,भैंसीको, गाइको, बाख्राको ,भेडाको, घोडाको, खच्चरको, बादरको, सबै पसुपंछीको ।  एउटा स्यालले हुइया गरेपछी त्यस्को कानमा सीङ पलाउछ भन्थे । सबै स्यालले आफ्नो पनि सीङ पलाउछकी भनेर हुइया हुइया! मेरी बास्यै खास्सै छ बा पशु लिडरको कथा !

अरु त अरु बगाले साँप भन्छन्- त्यसको एउटा लिडरलाई मार्यो भने एकै छिनमा अर्को साँप, त्यसपछी अर्को साँप, त्यसपछी अर्को मर्नै पनि आउने । त्यसैले त्यो नटोक्ने साँपलाई दुइखुटे पशुले चिनेन । आखिरमा जब चिन्यो ढिला भयो । जब चिन्यो ढिला भयो कुरोको चुरो लिडर लीलाको । यो लिडरले जहिले पनि मिठो खानु पर्ने, पहिला खानु पर्ने, दगुरदै गएर भाग छोप्नु पर्ने, चाहे बाँदरले फलफुलको बोटमा अँझुमुदा होस चाहे गोरु चरनमाजादा होस् वा चाहे भेडा चरनमा जादा होस लिडर त अगाडि लाग्नै पर्यो-जता हरियो त्यतै तरियो ।      

त्यही लिडरको लीला सोध्न एका बिहानै गुरु प्रसाद गुर्धामिका घरमा धसारिए ।  गुरुले पनि बिहानै नित्य कर्म सकेपछी भने- ए लिटे लिडो कतावाट आइस आज हँ, एका बिहानै! मैले भने- गुरु यो लिडर लीला भनेको के हो हँ ? आजकाल जसको मुखाँ पनि लिडर लीला कै कुरो हुन्छ, त्यही बुझौ भनेर हो ।

त्यसपछी बल्ल गुरु गुरु प्रसाद गुर्धामिले भने- यो लिडर भन्नाले सबै जिवजन्तु, पशु पंक्षि सबैको नेत्रृत्व गर्न सक्ने खुबी हुन्छ । जसमा पुरै आफ्नो बगालको संरक्षणगर्ने चरन गरी पेट मरण गर्ने गुणले भ्रुण जोगाउने चातुर्यता बिकशित गरेकै हुन्छ । हुन त लिडर लीला दुई खुटेमा पनि त्यस्तै त्यसतै हुन्छ । राम्रो काम गर्ने ,बिबेकी ,ज्ञानी ,दानीलाई पो  मानव भन्ने बिगार्ने भात्काउने र दुई खुटै लाई के भन्ने!

                
गुरु गुर्धामिले थपे- लिडर भन्ने जन्तु संसारमा जता गयो उतै पाईन्छ । लिडरको एउटा विशेष गुण छ, त्यो जन्तुलाई सभा सोसाइटिको मैदानमा दौडने, उफ्रने, डुडने बानी परेको हुन्छ । यसको सक्कल भन्दा पनि बानी बेहोरा बिल्कुल मानिससँग मिल्छ । यो जन्तुले खानपिन शानसँग गर्छ । लिडर लीलामा आँफ्नो बिल्ला कम हुनुहुन्न । चाहे अखवारको अग्रपंक्तिमा होस, चाहे सरकारको हाली मुहालिमा किन नहोस । लिडर लीलाले आफ्नो पोजिशनको बील्ला र सिगौरी खेल्ने मैदानको किल्ला उफ्रने जिल्ला , टेबुलमा हात बजार्ने जमिनमा पाउ थचार्ने ,माइकमा मुख बजार्ने एउटा हातमा झन्डा, अर्को हातमा डन्डा, साँझपरेपछी दारु र अण्डा, नोटका बण्डैबन्डा। लिडर आफ्नो सभा र सोसाइटिमा शान र मानको खातिर सर्वस्व दान गर्छ । वेलुका साँझमा दान्को दोब्बर धनदौलत दोब्रयाउछ । जसरी बाढीलार्इ बारले छेक्न सक्दैन, त्यसरी नै नेताको क्रान्तिकारी गाडीलाई कुनै जनता नत कानुनको बाँधले छेक्न नत रोक्नै सक्छ । किनकी लिडर त्यो शक्ति साली जन्तु हो जसले कानुन पनि आँफै बनाउन सक्छ र जसरी कानुन बनाउने शक्त्ति छ भात्काउन पनि उसलाई कसैले सक्दैन ।

                                                                           
लिडर लीलाको अगाडि परेपछी चाहे कुर्ची होस चाहे माइक होस, चाहे टेवल नै किन नहोस, चाहे कानुन उनका अगाडि भगवानले जानुन । लीडर लीला लो क्लासको सवारि वाहन त देब्रे नजरले पनि हेर्न जान्दैन ।  प्रत्येक दुई महिना भित्र इन्टरनेशनल सेमिनारका नामले संसारका देशमा सिधा साधा र विद्वान तथा इमान्दार सजज्नका भेषमा बाँकी बचेका देशमा, संसार देख्ने रेसमा, एक्लासको स्पेशमा, पालै पालो रष्ट्रको ढुकुटिको जालो । उल्का धन फुपुको सरादद्र!

पालो पालो बिकासको नमुना हेर्ने भाषा ,दौरा र सुरुवाल, काम माम र मुख फेर्ने होडमा मिलेमोतो वोर्डको कोड चाँही संरक्षण गर्छन् । यो लिडर लीलाले कृष्ण लीला जस्तै तान्डव नाच, पाण्डव जुवा , देश धुजा ,बिकास भुजा परेपछी बाँकी कुराको त कुरै नगरौन !

                                                                                  
लिडर-लीला कसैसँग कम वोल्छ ,कहिले आधा मुख खोल्छ ,कहिले कसैसँग खुब दिल खोलेर हाँस्छ, कसैसँग आधा हाँस्छ, कसैसँग पुरै बोल्छ, मान सम्मान, पद पावर र पैसा पाएन भने उसको मन भत भति पोल्छ । गरिव, साधारण र सरीफ मान्छेको अनुहार जानेर ,चिनेर र उसले खुवाएको गाँस ,उसले दिएको भोट ,उसले किनिदिएको कोट पनि विर्सन्छ । सर्व साधारण त उसको अगाडि देख्न पनि रुचाउदैन । लिडर लीला संसारमा छ । संसारमा लिडर लीलाको कमी छैन ।

यो जन्तु कुनै देशमा लीलालाई स्थगित गरेर जिल्ला सेवामा लागे होलान । कतै पुर्खा बादरको रुपवाट भरखर बिकसित हुँदै होलान । फरक त्यती हो । जे होस यो रुप हेर्ने इच्छा भए लिडर लीलाको ताण्डव नाच हेर्न र सोध्न एउटै चिजलाई थाहा छ र त्यो घटना ताजा छ, कस्लाई थाहा छ त्यो के होला! आउनुस सबैजना त्यो कुर्ची र संविधानलाई सोध्न जाउ उसलाई केही थाहा छ कि रु सहिद दिवसमा कुर्ची र संबिधान बोकेर शाहीद गेट जाउँ, उनैले भनिदिन्छन कि! 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »