सप्तरीमा बाढीको बितण्डा : १० हजार घर डुबानमा, पाँच सय परिवार विस्थापित (फोटो/भिडियो)

२८ श्रावण २०७४

banner

काठमाडौँ । अबिरल वर्षापछि सप्तरी जिल्लाका विभिन्न स्थानमा आएको बाढीका कारण १० हजार घर डुबानमा परेका छन् भने पाँच सय परिवार विस्थापित भएका छन्। 

 

सप्तरीको राजविराज, तिलाठी, जिता बिहुल, हनुमाननगर, टिकुलीया, मौहा, बेल्ही, रामपुरा,सकरपुरा लगायतका विभिन्न स्थान डुबानमा परेका हुन्। 

जिता, बिहुल, त्रियुगालगायतका नदीमा आएको बाढीका कारण यहाँका बस्ती डुबानमा परेपछि व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ।   

बाढीले खाँडो नदीको बाँध पौवाँ, बिरौल र देउरीभरुवामा भत्काउँदा डुमरी, शिवथान, फर्सैठ पकरी, पौवाँ, पिपराही, मलेठ तथा राजविराज नगरपालिकाका वडा नम्बर ४, ५, ६, ७, ८ र १५ को विभिन्न स्थान जलमग्न भएका छन्।  बाढी आएपनि त्यहाँका व्यक्ति ज्यान जोगाउन सुरक्षित स्थानमा सरेका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »