विभिन्न स्थानमा बाढी : ३० जनाको ज्यान लियो, केही बेपत्ता

२८ श्रावण २०७४

banner

काठमाडौँ । सरकारले तराईका केही जिल्ला बाढी र डुबानबाट प्रभावित भएको तथा कतिपय स्थान अझै पनि जोखिममुक्त नरहेको भन्दै विशेष सर्तक रहन सर्वसाधरणलाई आग्रह गरेको छ। 

विभिन्न जिल्लामा नदीको सतहको पानीमा उच्च बहाव आएको तथा सो क्रम केही समय जारी रहन सक्ने भन्दै सरकारले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सर्तक रहन आग्रह गरेको हो। केन्द्रीय दैविक प्रकोप तथा उद्धार समितिको सिंहदरबारमा सनिबार बसेको आकस्मिक बैठक पछि   सरकारले मुलुकका पुर्वी तराई र पश्चिमका केही जिल्लामा आएको बाढी र डुबानमा परेकाको तत्काल उद्धार गरी राहत वितरणमा उच्च प्राथमिकताका साथ उद्धार टोली परिचालन भईरहेको भन्दै कठिन घटीमा राहत सामग्री र उद्धारकार्यमा सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक संघ संस्था लगाएत लाई अपिल पनि गरेको छ । खाद्य सामाग्री तथा सरसफाई लगायत कारणले फैलन संक्ने संक्रमणलाई मध्यनजर गरी स्वास्थ्य मन्त्रालयसंग समन्वय गरी टोली पठाउने तयारी भईरहेको पनि सरकारले जनाएको छ।

गएराती देखिको भारी बर्षा पछि स्थानीय नदीमा आएको बाढीका कारण झापा ,मोरङ, सुनसरी, सर्लाही, रौतहट, सप्तरी लगायत पुर्वका जिल्ला र पश्चिममा बाँके र दाङ डुबानमा परेका छन् । ती जिल्लामा नेपाली सेनाको व्यारेक, विमानस्थल सबै जलमग्न हुनुको साथै सर्वसाधरणका घर डुबानमा परेका छन् भने जनजीवन पुर्णतया अस्तव्यस्त बनेको छ । सरकारले गएराती देखिको बाढीका कारण मोरङमा ३, झापामा २, सुनसरीमा ७, पाँचथरमा ३, बारामा १, सर्लाहीमा १, बाकेमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ जनागरी ३० जनाको ज्यान गई सकेको र केही हराईरहेको पुष्टि गरेको छ। 

त्यसैगरी झापाको मोदनामा र पश्चिम बाँकेमा वाढीमा फसेकालाई उद्धार गर्ने काम भईरहेको पनि सरकारले जनाएको छ । झापाको मदरगाछी र कपनकपास भन्ने स्थानमा पनि उद्धारका लागि टोलि पठाएको जानकारी गराएको छ । बैठकपछि गृहमन्त्री जनाद्र्धन शर्माले बाढी पहिरो र डुबानको समस्या देखिएका जिल्लामा गृह मन्त्रालयले उद्धार तथा राहत उपलब्ध गराउनका लागि टोलि परिचालन गरिएको बताउनुभयो । पश्चिममा ओभरी, गावर र गन्धनी पुल तथा पुर्वको गछिवा पुल क्षतिग्रस्त भएको तथा बागमति सिंचाईको ड्याममा खतरा आउने संकेत देखिएकाले केही डोजर र एक्जाभेटर पठाईएको, बाटोमा भएको अवरोध खोल्ने काम भईरहेको भन्दै गृहमन्त्री शर्माले सबैलाई धैर्य हुन आग्रह गरे। 

उद्धारका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको टोलि परिचालित रहेको र विमानस्थलमा हेलिकप्टर  र तालिम प्राप्त फोर्स कमाण्डको टोलीलाई तयारी अवस्थामा राखिएको भन्दै गृहमन्त्री शर्माले मौसम अनुकुल हुने वित्तिकै सम्बन्धीत स्थानमा परिचालित हुने जानकारी दिए।

जल तथा मौैसम विज्ञान विभागले पनि बाढी पूर्वानुमान शाखाले विशेष अपिल जारी गर्दै तल्लो तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »