बीच बजारमा दिउँसै युवकको गोली हानेर हत्या, सिसिटिभीमा कैद भयो पूरै घटना (भिडियोसहित)

२८ श्रावण २०७४

banner

मोटरसाइकल चढेर साथीसँग जाँदै गरेका युवकको बीच सडकमै गोली हानेर हत्या गरिएको छ । हत्या गरिएको सबै घटना सडमका राखिएको सिसिटिभी क्यामेरामा रेकर्ड भएपछि प्रहरीले त्यही भिडियोको आधारमा अनुसन्धान अगाडि बढाएको छ । 

भारतको हरियाणा पानीपतको लाढौत रोडमा यो घटना भएको बताइएको छ । भिडियो रेकर्डिङमा देखिएअनुसार युवक मोटरसाइकलमा आफ्ना साथीसँग कतै जाँदै थिए । त्यही क्रममा अर्को मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर उनको हत्या गरेका छन् । युवकको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

स्थानीय अंकित नामका युवकको मृत्यु भएको बताइएको छ । भिडियोमा देखिएअनुसार गोली प्रहारपछि मोटरसाइकलको सन्तुलन बिग्रिन्छ र ढल्छ । अंकितका साथी भाग्छन् । आक्रमणकारीले आएर अंकितलाई नजिकैबाट गोली हान्छन् र मोटरसाइकल चढेर फरार हुन्छन् । 

भिडियो हेर्नुहोस् –


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »