करोडपति छोराका पिता तर सादा जीवन, यी हुन् महान् क्रिकेटरका पिता

२८ श्रावण २०७४

banner

कोलम्बो। यी बृद्ध श्रीलंकाका महान बलर मुथैया मुरलीधरणका पिता हुन् । टेष्ट र वन डे क्रिकेटमा सबैभन्दा धेरै विकेटको कीर्तिमान राखेका मुरलीधरण क्रिकेटबाट रिटायर भइसके । तर, उनी अहिलेपनि करोडौं कमाउँछन् । अर्कोतर्फ उनका पिता भने साधारण बिस्कुट फ्याक्ट्री चलाउँछन् । 

मुरलीधरणका पिता सिन्नास्वामीले एक अखबारलाई दिएको अन्तरवार्तामा भनेका छन् । मैले मेरो काम आफ्नै तरिकाले गर्ने हो यसमा छोराको नाम उपयोग गर्न चाहन्न । छोराको नाम उपयोग गरेर आफ्नो व्यवसाय दोब्बर गर्न सक्ने भए पनि आफूले यसो नगर्ने उनले बताएका छन् । आफ्ना छोरा मुरलीधरण पनि अर्को बिस्कुट कम्पनीको ब्राण्ड एम्बेसेडर भएको बताउँदै उनले भने ‘मेरो कारणले अरु कसैको व्यवसाय बिगार्न चाहन्न ।’ तर उनले यसो नगरे पनि श्रीलंकाको पालिकेलेका जनतालाई भने यो ब्राण्ड मुरलीधरणका पिताको हो भन्ने थाहा छ । छोराको करोडौंको कमाइ भए पनि उनी भने निकै सादा जीवन बाँच्छन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »