उत्तर कोरियाको विषयमा डोनाल्ड ट्रम्प र सि जिनपिङबीच फोनवार्ता हुने

२८ श्रावण २०७४

banner

बेड्मिन्स्टर (अमेरिका) । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आफ्ना चिनियाँ समकक्षी सि जिनपिङबीच शुक्रबार फोनवार्ता हुने बताएका छन् । उत्तर कोरियाको जारी राखेको क्षेप्यास्त्र परिक्षणको विषयलाई यी दुई नेताबीच वार्ता हुने बताएको छ । 

राष्ट्रपति ट्रम्पले न्यु जर्सीस्थित अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सन संयुक्त राष्ट्र संघका राजदूत निकी हेलेसँग भएको छलफलपछि ट्रम्पले सम्वाददाताहरुलाई सिसँग शुक्रबार राती टेलिफोन वार्ता हुने बताएका थिए । हामी चीन र अन्य देशहरुसँग निकै नजिक भएर सहकार्य गरिरहेका छौ’ ट्रम्पले बताउनु भएको छ । 

चीन परम्परागत रुपबाट नै उत्तर कोरियासँग आवद्ध र एक आपसमा असल मित्रको रुपमा रहदै आएको देश हो । तर गत हप्ता संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा उत्तर कोरियाका नेता किम जोङ उनको सत्ताविरुद्ध शृखलाबद्ध रुपमा लगाएको प्रतिबन्धमा भने चीनले मतदान गरेको थियो । 

अमेरिका र उत्तर कोरियाका बीचमा बढ्दै गईरहेको द्धन्द्ध न्युनिकरण गर्ने वा बढाउने भन्ने विषयमा चीनको ठूलो भूमिका हुने भएकाले अमेरिकाले चीनसँग कुरा गर्न लागेको हुन सक्ने बताइएको छ । अमेरिका र उत्तर कोरियाले केही हप्तादेखि एक अर्कालाई अक्रमणको चेतावनी र चुनौती दिदै आइरहेका छन् । 

चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ् शुआङ दुई पक्षलाई आफ्ना बोली र व्यवहारमा संबेदनशिल र नियन्त्रित हुन आह्वान गर्नुभएको थियो । उनले एक आपसमा बढ्दै गईरहेको तनाव कम गर्न आग्रह पनि गरेका थिए ।

उनले थपे, “आशा गरौं, प्रेम र शान्तिको बाटोबाट समस्याको समाधान गर्ने तर्फ सवै लाग्ने छन्, त्यही नै म भन्न सक्छु । ”    “आशा गरेजस्तै हुनेछ, जे हुन्छ त्यो हामीले देख्न पाउने छौं,” उनले भने। 

यसैबीच प्राप्त भएको एक समाचार अनुसार अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको छ । चिनियाँ राष्ट्रपति सीले कोरियाको विषयमा वार्ताको मार्फत नै राजनितिक समाधान खोज्नु पर्नेमा जोड दिएका छन् । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »