उत्तर कोरियाली सेनाको शक्ति प्रदर्शन, अमेरिकालाई बर्बाद पार्ने यस्तो छ रणनीति

२८ श्रावण २०७४

banner

एजेन्सी। अमेरिकाले लगातार आक्रमण गर्ने धम्की दिएपछि रिसाएको उत्तर कोरियाली सेनाले सडकमा उत्रिएर आफ्नो शक्ति प्रदर्शन गरेको छ । यहाँका शीर्ष सैनिक कमाण्डरहरुले किम जोङ उनको समर्थनमा सडकमा परेड निकालेका छन् । 

प्योङयाङमा फादरल्याण्ड लिबरेशन वार भिक्ट्री मोन्युमेन्टनजिकै सेनाले यो परेड निकालेको थियो । यसमा किमका समर्थकहरुले एक लाइनमा उभिएर देशको पक्षमा नारा लगाए । यो परेड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि निकालिएको हो । ट्रम्पको धम्कीपछि उत्तर कोरियाका हजारौं नागरिकले पनि सडकमा उत्रिएर बिरोध गरेका थिए । 

यो परेडपछि उत्तर कोरियाली पुनः एकपटक अमेरिकालाई माटोमा मिलाइदिने धम्की दिएको छ । यो बयान उत्तर कोरियाको केसिएनए न्यूजको तर्फबाट जारी गरिएको हो । एजेन्सीले अमेरिकी सेनालाई बारम्बार उक्साउने र बिनाकारण निहुँ खोजेको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । वक्तव्यमा भनिएको छ ‘उत्तर कोरियाको दृढ इच्छाशक्तिका कारण अमेरिका नष्ट हुनेछ ।’ यसअघि पनि उत्तर कोरियाले गुआम आइल्याण्डमा परमाणु आक्रमणको चेतावनी दिएको थियो । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »